काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले अविजित सर्वाधिक ५८ रन बनाए…