मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मारेस्कालाई भित्र्याउने तयारीमा चेल्सी

मारेस्कालाई भित्र्याउने तयारीमा चेल्सी

न्यूजस्टोरी

काठमाडौं, १६ जेठ। चेल्सीले माउरिसियो पोचेटिनोको स्थानमा लेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्कालाई नियुक्त गर्ने तयारी गरेको छ।

सन् २०२३ को जुनमा ४४ वर्षीय इटालियन प्रशिक्षकले सिटीको नेतृत्व सम्हालेका थिए। उनले पहिलो प्रयासमा नै च्याम्पियनशिप जितेर लेस्टरलाई प्रिमियर लिगमा पुनरागमन गराएका थिए। मारेस्का चेल्सी जान इच्छुक रहेको बताइन्छ।ब्राइटनका पूर्वप्रशिक्षक रोबर्टो डी जेर्बी र ब्रेन्टफोर्डका थोमस फ्रान्क पनि चेल्सी जाने दौडमा रहेका छन्। तर, मारेस्का नै सही विकल्प हुन् भन्नेमा क्लबमा सहमति बनेको बताइन्छ।

गत साता प्रिमियर लिगमा चेल्सीलाई छैटौं स्थानमा पुर्‍याएर पोचेटिनोले आपसी सहमतिमा क्लब छोडेका थिए।

म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको सहायक प्रशिक्षकको रूपमा काम गरेका मारेस्काका लागि लेस्टरले ८० लाख पाउन्डदेखि १० मिलियन पाउन्डसम्म क्षतिपूर्ति माग गरेको बीबीसी स्पोर्टले जनाएको छ।