मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० विश्वकपमा स्कटल्याण्डसँग ओमान पराजित

टी–२० विश्वकपमा स्कटल्याण्डसँग ओमान पराजित

न्यूजस्टोरी

आईसीसी टी –२० विश्वकपमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हराएको छ । नर्थ साउण्डमा गएराति भएको खेलमा स्कटल्याण्डले ओमानलाई ४१ बल बाँकी छँदै हराएको हो ।

ओमानले दिएको १ सय ५१ रनको लक्ष्य स्कटल्याण्डले १३ ओभर एक बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

टी–२० विश्वकपमा आज दक्षिण अफ्रिका र बङ्ग्लादेश खेल्दैछन् । न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।