अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले इंगल्यान्डलाई ३६ रनले पराजित गरेको हो।
समूह बी मा रहेको अस्ट्रेलियाको यो दोस्रो जित हो। अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले चार अंक जोडेको छ। आयरल्यान्डसँगको पहिलो खेल वर्षका कारण रद्द हुँदा इङ्ल्यान्डको एक अंक रहेको छ।


प्रतिक्रिया