मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री श्रेष्ठ उपस्थित नभएपछि खेलकुदको बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

मन्त्री श्रेष्ठ उपस्थित नभएपछि खेलकुदको बजेटमाथिको छलफल कार्यसूचीबाट हट्यो

न्यूजस्टोरी

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ अनुपस्थित रहेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै खेलकुदमन्त्री श्रेष्ठको खोजी गरेका थिए । उनले सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका थिए ।

खेलकुदमन्त्री अनुपस्थित रहेपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाएको घोषणा गरेका छन् । ‘माननीय सदस्यहरू आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकहरुमाथिको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउँछु’ सभामुख घिमिरेले भने । त्यसपछि बाँकी मन्त्रालयगत बजेटमाथि छलफल अगाडि बढिरहेको छ ।

मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । युवा तथा खेलकुद मन्त्रालयको हटेपछि तीन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ । बाँकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ ।