पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलसँग १–० को हार बेहोरेको छ। खेलभरि अवसर खेर फाल्दा फ्रेन्च टोलीलाई हार सहनु परेको हो। पार्क डेस प्रिन्सेसमा भएको खेलमा लिभरपुलका हार्भी इलियटले खेलको अन्त्यतिर निर्णायक गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए। यो लिभरपुलको खेलभरि गरेको दोस्रो मात्रै गोल प्रहार थियो। पिएसजीले…