काठमाडौं । केपी ओली कप फुटबलको उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । खेल सुरु हुनुभन्दा एक घण्टाअगाडि नै रङ्गशाला दर्शकले भरिभराउ भएको छ । प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यान अफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ ।


प्रतिक्रिया