शेखर छत्कुली
वीरगञ्ज, २१ भाद्र । जिल्ला प्रहरी कार्यालय पर्साले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारी साधन सहित वीरगञ्जको क्लार्क क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा बिरगंजको गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना।१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ।
अध्यक्ष यादवसहित पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको सखुवा प्रसौनी बस्ने वर्ष ३० को चन्दन सहनी जिल्ला स्याङजा हरिनास गाउँ पालिका वडा नम्वर ७ पर्सा जिल्लाको इलाका प्रहरी कार्यालय पटेरवा सुगौली कार्यरत प्रदिप पौडेल वीरगन्ज महानगरपालिका वडा नम्वर १४ बस्ने क्यासिनो कर्मचारी बिजय कुमार पटेल विमनपा २५ बस्ने क्यासिनो कर्मचारी दिनेश कुमार पटेल जिल्ला महोतरी पिपरा गाउँ पालिका वडा नं ५ बस्ने क्यासिनो कर्मचारी जयदेव साह वीरगन्ज महानगरपालिका वडा नम्वर १२ बस्ने क्यासिनो कर्मचारी प्रदेशी साह रहेको पर्सा प्रहरीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक चक्र मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो परिसरमा पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे विस्तृत विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जानकारी दिएका छन्।
नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी प्रतिबन्ध रहेकाले घटनाले जनप्रतिनिधिको आचरण तथा सरकारी स्रोतसाधनको प्रयोगसम्बन्धी प्रश्नसमेत उठाएको छ।
सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेका जनप्रतिनिधि पक्राउ परेको यो घटना पर्सामा पहिलो भएको बताइएको छ।
पक्राउ परेकाहरु जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया