काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलरक्षक जियानलुजी बफोन नेपाल आइपुगेका छन् । इटालीका पूर्व कप्तान तथा विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका छन् । सन् २००६ को…