काठमाण्डाै । आउँदो मार्च २१ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई कप्तान बनाएको छ । आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो । आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि र अक्शनबाट पनि नलिएपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली…