मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

न्यूजस्टोरी

चितवन, १ फागुन । चितवनको सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लवले जीत हात पारेको छ । जनजागृती क्लव मनहरीलाई ६-५ गोल अन्तरले हराउँदै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमा नतिजा निकालिएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने स्वेता क्षेत्री म्यानअफ दी म्याच घोसित भइन । प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ । फेस्टिबल अन्तर्गत विहीबार भएको डोरी तान्ने प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको समुह विजयी भएको छ ।
सौराहामा आन्तरीक तथा बाह्य पर्यटक पर्वद्धन गर्ने उदेश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनको आयोजनामा सौराहा फुड फेष्टिबलको १९ औं संस्करण सुरु भएको हो ।