अन्तर्राष्ट्रिय च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार बीच आज फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए । ‘तीन खेल खेल्यौं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने…