मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जरिवाना बेहोर्दै मेसी र सुआरेज

जरिवाना बेहोर्दै मेसी र सुआरेज

न्यूजस्टोरी

अनुशासन उल्लंघन गरेपछि मेजर लिग सकर (एमएलएस)ले इन्टर मियामीका कप्तान लिओनल मेसी र फरवार्ड लुइस सुआरेजलाई जरिवाना तिराएको छ।

न्यूयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलोचीको गर्धन अँठ्याएको आरोपमा एमएलएसले मेसीलाई जरिवाना तिराइएको हो। यद्यपि, कति जरिवाना तिइएको हो भन्ने खुलाइएको छैन।
शनिबारको भएको उक्त खेल २-२ को बराबरीमा सकिएको थियो। लगत्तै यो घटना भएको हो। खेलको अन्त्यमा रेफ्री अलेक्सिस सिल्भासँगको मौखिक विवादका कारण मेसीले पहेंलो कार्ड पाएका थिए। मैदानबाट बाहिरिँदै गर्दा उनले न्यूयोर्कका सहायक प्रशिक्षक बलोचीलाई केही भनेका थिए।

दुई मियामी सहायक प्रशिक्षकले हस्तक्षेप गरेपछि मेसी अघि बढे। तर, उनी फेरि बलोचीतर्फ फर्किएर र गर्धनमा अँठ्याएका थिए। यो कार्यले बलोचीलाई केही छिन स्तब्ध बने।

यसैगरी मियामीका फरवार्ड सुआरेजलाई पनि सोही खेलमा हात अनुहाररघाँटीमा लगाउने नीति उल्लंघन गरेको आरोपमा जरिवाना तिराइएको छ। सुआरेजले पहिलो हाफको अन्त्यपछि भएको झगडामा न्यूयोर्क डिफेन्डर बिर्क रिसाको गर्धन समातेका थिए।