मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा अष्ट्रेलिया र दक्षिण अफ्रिका, दुवैको नजर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा अष्ट्रेलिया र दक्षिण अफ्रिका, दुवैको नजर सेमिफाइनलमा

न्यूजस्टोरी

काठमाडौं । नवौँ संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मङ्गलबार) अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् ।

पाकिस्तानको रावलपिण्डी रङ्गशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आमने–सामने हुँदा यी दुवै लगातार दोस्रो जितको खोजीमा हुनेछन् । यो खेलको विजेता सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ ।

किनकि यसअघिको खेल जितेकाले दक्षिण अफ्रिका र अष्ट्रेलिया २–२ अङ्कसहित समूह ‘बी’को शीर्ष २ स्थानमा छन् । शीर्ष स्थानका २ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । यसर्थ आजको खेल जितेमा ४ अङ्क हुनेछ ।

यो समूहमा इङ्ल्यान्ड र अफगानिस्तान भने जितविहीन छन् । इङ्ग्ल्यान्ड अष्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका हुन् ।

समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएसँगै दुवै टोली एक खेलअघि नै सेमिफाइनलमा पुगेका हुन् ।

बङ्गलादेश र आयोजक पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।