काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार तेस्रो खेल गुमाएको हो। यसअघि नेदरल्यान्ड्स र थाइल्यान्ड्सँगको सुरूवाती खेल गुमाएको नेपाल आइतबार भएको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। सिरिजमा थाइल्यान्डले सुरुवाती दुवै खेलमा जित निकाल्दा…