काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपमा नेपाली युवा टिम जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा टेस्ट टोली अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित भएसँगै नेपालको सुपर सिक्स सम्भावना समाप्त भएको हो । खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट…