मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईएल टी-२० मा गल्फको चाैथाे हार, दीपेन्द्रले अझैं पाएनन् डेब्यूको मौका

आईएल टी-२० मा गल्फको चाैथाे हार, दीपेन्द्रले अझैं पाएनन् डेब्यूको मौका

न्यूजस्टोरी

काठमाडौं । यूएईमा जारी इन्टरनेशनल टी–२० लिग (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्सले चौथो हार बेहोरेको छ । चौथो हार बेहोर्नेक्रममा गएराति सम्पन्न खेलमा गल्फ दुबई क्यापिटल्सविरुद्ध ५ विकेटले पराजित भयो ।

दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा टस हारेर गल्फले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनायो । १५४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दुबई क्यापिटल्स १८.४ ओभरमा विजयी भयो ।

यस खेलमा पनि दीपेन्द्रले प्लेइङ–११ मा मौका पाएका थिएनन् । जारी सिजनमा उनले मौका नपाएको यो लगातार पाँचौं खेल हो । दीपेन्द्र गत सिजनको आईएल टी–२० देखि गल्फमा आबद्ध छन् । तर, हालसम्म उनलाई गल्फले डेब्यूको मौका भने दिएको छैन ।

यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लले पनि आईएल टी–२० मा डेब्यूको मौका पाएका छैनन् । उनी यस लिगका लागि डेजर्ट भाइपर्समा आबद्ध छन् । डेजर्ट जारी सिजनमा सानदार लयमा छ । उसले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।

डेजर्ट १० अंकसहित अहिले तालिकाको शीर्ष स्थानमा छ । उसले आफ्नो सातौं खेलमा शनिबार शारजाह वारियर्सको सामना गर्ने तालिका छ । यस्तै, दीपेन्द्रसम्मिलित गल्फले शनिबार नै एमआई इमिरेट्ससँग खेल्नेछ ।