साउदी अरबमा शुक्रबार भएको सेमिफाइनलमा युभेन्टसलाई २–१ गोलअन्तरले पराजित गर्दै एसी मिलान इटालियन सुपर कपको उपाधिनजिक पुगेको छ। योसँगै मिलानले फाइनलमा सिटी प्रतिद्वन्द्वी इन्टरको सामना गर्ने पक्का भएको छ। युभेन्टसले पहिलो हाफमा टर्कीका स्ट्राइकर केनान यिल्डिजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले स्यामुएल माबाङुलाको पासमा गोल गरेका हुन्।७१औं मिनेटमा क्रिश्चियन पुलिसिकले पेनाल्टीबाट मिलानलाई बराबरीमा फर्काए।…