मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूरोपा लिग : चम्किए ब्रुनो

यूरोपा लिग : चम्किए ब्रुनो

न्यूजस्टोरी

कप्तान ब्रुनो फर्नान्डेसले युरोपा लिगको समूह चरणको खेलमा रेन्जरविरुद्ध अन्तिम क्षणमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै युनाइटेड १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ र नकआउट चरणमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। युनाइटेडले दोस्रो हाफको सुरुआतमै गोलको खाता खोल्यो।

रेन्जरका गोलरक्षक ज्याक बट्ल्यान्डले क्रिस्टियन एरिक्सेनको कर्नर मिसजज गर्दै बललाई आफ्नै पोस्टमा पुर्‍याए। रेन्जरले खेलको अन्त्यतिर सब्स्टिच्युट सिरिल डेसेर्सको गोलमार्फत बराबरी गरेको थियो। तर, थप गरिएको समयमा ब्रुनो फर्नान्डेसले निर्णायक गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए।