काठमाडौं । घरेलु टोली नेपालले त्रीकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा थाइलयान्डलाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको हो।
नेपालका लागि कविता कुंवर र विन्दु रावलले २५-२५ रन बनाउँदा ममता चौधरीले १५ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रनब नाउनन सकेन्न्। थाइल्यान्डका लागि थिपचा पुथवङ्गले ३ विकेट लिंदा फनिथा माया र नथ्या बोचाथामले २-२ विकेट लिए। त्यस्तै चनिदा सुथिरूङ्गाले १ विकेट हात पारेका थिए।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स सँग २० रनले पराजित भएको थियो। थाइल्यान्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो। नेपाल आफ्नो दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ।


प्रतिक्रिया