मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल थाइल्याण्डसँग पनि स्तब्ध

नेपाल थाइल्याण्डसँग पनि स्तब्ध

न्यूजस्टोरी

काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसामु ४ विकेटले स्तब्ध भएको हो ।

जितका लागि नेपालले दिएको एक सय दुई रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । थाइल्याण्डका लागि नान्नापतले नटआउट रहँदै सर्वाधिक ६० रन जोडिन् । साे क्रममा ५८ बल खेलेकी उनले ६ चौका प्रहार गरिन् । यसैगरी सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रन जाेडिन् ।

बलिङमा नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन् । त्यसअघि टस जितेर नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएकाे थियाे । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् ।

यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो । अब तेस्रो खेलमा नेपालले आइतबार नेदरल्याण्ड्ससँग नै खेल्नेछ । समान ३ पटक खेलेपछि शिर्ष स्थानमा रहने टिम च्याम्पियन हुनेछ ।