मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

न्यूजस्टोरी

काठमाडौं । साउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड कायम गरेका छन् । आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७ सय जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गएराति भएको खेलमा अल-राइडलाई २-१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७ सय खेल जित्ने पहिलो खेलाडी बने ।

३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए । उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल-नासारबाट ६६ खेलमा जित निकाले ।

आफ्नो फुटबल करिअरमा ९०० गोल गर्ने पनि उनी पहिलो खेलाडी बनेका थिए । अन्तर्राष्ट्रिय खेल पत्रिका मार्काको अनुसार रोनाल्डोको यो अविश्वसनीय यात्रा अझै जारी छ र यस्ता रेकर्ड थप बन्न सक्नेछ। रोनाल्डोले साउदी टोलीका लागि ९४ खेलमा ८५ गोल गरेका छन् ।