मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आइपुगे विश्वकप विजेता इटालियन टोलीका गोलरक्षक बफोन

नेपाल आइपुगे विश्वकप विजेता इटालियन टोलीका गोलरक्षक बफोन

न्यूजस्टोरी

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलरक्षक जियानलुजी बफोन नेपाल आइपुगेका छन् । इटालीका पूर्व कप्तान तथा विश्वकै उत्कृष्ट गोलरक्षकमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार नेपाल आएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा युवासंघ अध्यक्ष क्षितिज थेवे, कान्तिपुर टेलिभिजनका सिइओ सुरजसिंह ठकुरी लगायतले स्वागत गरेका छन् ।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलरक्षक उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन् । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । ओली कपको फाइनल खेल सोमबार साँझ ६ बजे मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा हुँदैछ ।