मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

केपी ओलीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

न्यूजस्टोरी

आयोजक केपी ओली एफसीलाई पराजित गर्दै साबिक विजेता मच्छिन्द्र फुटबल क्लब केपी ओली फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओलीलाई ४–० ले पराजित गरेको हो। योसँगै मच्छिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग सामना गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो।
मच्छिन्द्रको जितमा स्टेफाने जलीले दुई गोल गरे। मनिष डाँगी र रोशन रानाको नाममा समान एक गोल रह्यो।

खेलको ३९औं मिनेटमै मनिषले मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। ५०औं मिनेटमा रोहनले अग्रता दोब्बर बनाए।

८५ र ९०औं मिनेटमा जलीले गोल गर्दै ४–० को जित पक्का गराए।