सैनामैना, २४ फागुन । कपिलवस्तु ११ रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रङ्गशालामा शनिबार भएको खेलमा फर्सीटिकर युथलाई ३-० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो ।
जितको लागि कपिलवस्तुको तर्फबाट मोहम्मद इन्द्रेशले २ गोल र विज्ञान गुरुङले १ गोल गरे ।
खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको सरुवातमै कपिलवस्तु ११ का लागि जर्सि नम्बर १० का विदेशी खेलाडी मोहम्मद इन्द्रेशले जाली चुमाउन सफल भए । उनका लागि जर्सि नम्बर १४ का खेलाडी मिन प्रसाद मिदुनले एसिस्ट गरेका थिए । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हावी भएको थियो ।
कपिलवस्तु ११ का लागि जर्सिका नम्बर ५ का खेलाडी विज्ञान गुरुङले ७५ औं मिनेट र ८१ औं मिनेटमा पुनस् मोहम्मद इन्द्रेशले गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
फर्साटिकर युथका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउदा गोल्ड कपको उपाधि जित्ने सपना चकनाचुर भयो ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबीच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०-४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।


प्रतिक्रिया