कास्की, २४ मंसिर । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् । आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको…