ताप्लेजुङ । ताप्लेजुङको दुर्गम गाउँ याम्फुदिनमा बाढी पहिरोले एउटा घर भत्किएको छ । सिरिजङ्घा–८ याम्फुदिनको थुङ्गीमका जगतबहादुर राईको होटलसहित घर, केही पशुचौपाया समेत बाढी पहिरोले बगाएर लगेको स्थानीय अमिरमान राईले बताउनुभयो । अरु १३ घरमा पनि पहिरोको जोखिम भएपछि स्थानीय बासिन्दा रातभर जागै बसेका छन् । बुधवार बेलुकादेखिको अविरल वर्षाका कारण काबेली खोलामा बाढी आएको…