मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजका २ जना विद्यार्थीको ज्यान गयो

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजका २ जना विद्यार्थीको ज्यान गयो

न्यूजस्टोरी

कास्की, २४ मंसिर । पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारको पृथ्वी राजमार्गमा ठक्कर दिएको थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियो ।