चितवन, २१ पुस । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनीमा पुस २८ देखि माघ १० गते सम्म महोत्सव आयोजना गरिने छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराइएको छ । माघी पर्वको अबसर पारेर थारु समुदायको साँस्कृतिक भेषभुषा, भाषा—साहित्य, कला संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएको छ ।
पुरातन समयदेखि नै आदिवासी थारु समुदायको बसोबास रहेको यस क्षेत्रमा चितवन जिल्लाकै पहिलो यस महोत्सवको आफ्नै विशेषता र महत्व रहेको छ।


प्रतिक्रिया