शेखर छत्कुली
वीरगञ्ज, २ असोज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख प्रहरी तथा नगर प्रहरी निरीक्षक हरि भुसाल र प्रहरी सहायक निरीक्षक असई लक्ष्मण लुइटेललाई जिम्मेवारीबाट हटाएका छन् ।
वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले आफ्नो पदमा पुनर्बहाली भएपछि भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाएका हुन् ।

वीरगन्ज महानगरपालिका का नगर प्रहरी निरीक्षक भुसालले लामो समयदेखि महानगरको नगर प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रहरी निरीक्षक भुसाललाई यसअघि वीरगञ्ज महानगरपालिकाका तत्कालीन प्रमुख विजयकुमार सरावगीको कार्यकालमा नगर प्रहरी प्रमुखमा नियुक्त गरी जिम्मेवारी दिएका थिए ।
उनीहरूलाई हटाउनुको कारण भने महानगरपालिकाले सार्वजनिक गरेको छैन । यसैविच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनपछि नगरको मुख्य सडक सरसफाइ तथा व्यवस्थित बनाउने अभियानले तीव्रता पाएको छ । दसैँअघि मुख्य सडकलाई पूर्ण रूपमा सफा, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरपालिकाले अभियान सुरु गरेको हो ।
वीरगन्ज सडकको अवस्था सुधार तथा सरसफाइ कार्यलाई प्रभावकारी बनाउन महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच आवश्यक समन्वयसमेत भइरहेको माहानगरले जनाएको छ । सडक विभागले केहि महिना पहिला वीरगन्जको मुख्य सडकको दाया बाया दुवैतर्फ २५ मिटर भित्र रहेको घर र टहराहरु भत्काए पछी वीरगन्ज सहर अस्त व्यस्त भएपछी भत्किएको सँरचनाहरुलाई सरसफाई अभियान सुरु गरेको छ ।


प्रतिक्रिया