चितवन, २१ पुस । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवन को साधारण सभा सम्पन्न भएको छ । चितवनको पुरानो राजधानी उपरदाङ्गगढीमा कार्यक्रम आयोजना गरि गोपाल श्रेष्ठको अध्यक्षतामा वैठक सम्पन्न भएको हो । कार्यक्रममा विगतमा भन्दा नयाँ कार्यसमिति आएपछि दुइ बर्ष मा ८ लाख २५ हजार ८ सय ७६ रुपयाँ जम्मा भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले उक्त पैशा चितवन जिल्ला तेक्वान्दो संघको खातामा रकम जम्मा भएको कुरा समेत जानकारी दिनुभयो । उहाँले कार्यक्रममा बोल्दै नयाँ कार्यसमितिले जस्तै यसरी नै इमान्दारिता साथ पैसा जम्मा गरिएको भए आज चितवन जिल्ला तेक्वान्दो संघमा पचासौ लाख पैसा जम्मा हुने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा उहाँले निकै सुधार गर्दै आएको बताउदै तेक्वान्दो संघलाई थप प्रभावकारी बनाउदै लैजाने बताउनुभयो । उहाँले खेल क्षेत्रमा निकै सम्भावना भएको क्षेत्र हुदाँ खेलाडीको मनोवल बढाउन आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने बताउनुभयो ।


प्रतिक्रिया