मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेन सेमिफाइनलमा, जमर्नी स्तब्ध

स्पेन सेमिफाइनलमा, जमर्नी स्तब्ध

न्यूजस्टोरी

माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा गोल गरेसँगै स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ।

एमएचपी एरेनामा शनिबार राति सम्पन्न खेलमा स्पेनले जर्मनीलाई २(१ गोलअन्तरले पराजित गरेको हो। ५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लामाइन यमलको पासको सदुपयोग गरे।तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए। उनले लेरोय सानेको पासको सदुपयोग गरे।

तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याए। अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए।