मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल : लखनउले चेन्नईलाई ६ विकेटले हरायो

आईपीएल : लखनउले चेन्नईलाई ६ विकेटले हरायो

न्यूजस्टोरी

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै २ सय १३ बनाएको हो । लखनउका मार्कुस स्टोइन्सले शतक बनाए । नटआउट रहँदै उनले १ सय २४ रन बनाए ।

चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । चेन्नईका कप्तान रितुराज गायकवाडले पनि सतक बनाए । उनले नटआउट रहँदै १ सय ८ रन बनाए । शिवम दुवेले अर्धशतक बनाए ।

लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए । यो जितसँगै लखनउ ८ खेलमा ५ जित र ३ हारका साथ १० अङ्कसहित चौथो स्थानमा उक्लेको छ । समान खेलमा ४ मा जित र ४ मा हार व्यहोरेको चेन्नई ८ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दिल्लीमा हुने शुरु हुनेछ ।