मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौलाई ‘सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाण्डौलाई ‘सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

न्यूजस्टोरी

काठमाण्डौ । काठमाण्डौलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी तीव्र पारिएको छ । तयारी अनुसार काठमाण्डौ महानगरका विभिन्न ठाउँमा सिसिटिभी जडान गर्न थालिएको छ ।

काठमाण्डौलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । महानगरले दिने बजेटबाट काठमाण्डौका विभिन्न ठाउँमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको छ ।

काठमाण्डौमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले बताउनुभएको छ । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षाका लागि झण्डै दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रारम्भिक अनुमान छ । अहिले काठमाण्डौ महानगरसहित बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ ।