माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न २९ करोड ६७ लाख अमेरिकी डलरभन्दा धेरै लगानी गर्ने घोषणा गरेको छ ।
माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा लगानी घोषणा गर्नुभएको हो । कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित हुनुहुन्थ्यो ।
स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न वितेका तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताउनुभयो ।


प्रतिक्रिया