मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलमा आजदेखि क्यानको ‘बि टु सि’ समिट सुरु हुँदै

बुटवलमा आजदेखि क्यानको ‘बि टु सि’ समिट सुरु हुँदै

न्यूजस्टोरी

बुटवल, २६ फागुन । बुटवलमा आजदेखि दुई दिने बि टु सि (विजनेश टु कस्टमर) समिट सुरु हुँदै छ । विश्वमा सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ(नयाँ प्रविधिसंग सम्बन्धित सामाग्रिहरुको प्रदर्शनी तथा सेवाहरुको बारेमा जानकारी गराउनको लागि आयोजना गरिएको बि टु सि समिट दुई दिनसम्म चल्ने छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा हुन लागेको समिटको सम्पूर्ण तयारी पुरा भएको क्यान रुपन्देहीले जानकारी दिएको छ । समिटको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन ।
क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसंग सम्बन्धित कम्पनीका २८ स्टल रहने छन् । जसमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गर्नेछन् ।
समिटमा अवलोकनकर्तालाई निःशुल्क प्रवेश गराईने छ ।
कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनीधि तथा अधिकारीहरु तथा उपभोक्ताहरु सहभागि हुने पनि उनले जानकारी गराए ।
क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् । ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्रि हुनेछैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तरक्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ई-सिममा परिवर्तन गर्न सकिने छ ।

क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा रुपन्देहीका संस्थापक नवराज कुवँरले समिटबाट सूचना प्रविधिको क्षेत्रमा भईरहेका विकासका बारेमा जानकारी लिन र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुराको बारेमा जानकारी हासिल गर्न सकिने बताए ।