मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा आईफोन जित्ने मौका

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा आईफोन जित्ने मौका

न्यूजस्टोरी

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप/फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ भन्ने अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन–१६ प्राप्त गर्न सक्नेछन् ।

यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबार प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

अभियानमा सहभागी हुन ग्राहकले सिद्धार्थ बैंक मोबाइल स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १ सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५ सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने छ । यी कारोबार पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।

अभियान अन्तर्गत हरेक साता १ सय जना विजेताले १ सयको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन–१६ प्रदान गरिने बैंकले जनाएको छ । यो अभियान १ देखि ३१ चैतसम्म सञ्चालन हुनेछ ।

सिद्धार्थ बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । थप जानकारीका लागि नजिकको सिद्धार्थ बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिने छ ।