मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार देवकोटालाई

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार देवकोटालाई

न्यूजस्टोरी

पाण्डे स्मृति पत्रकारिता पुरष्कार गौतमलाई र सर्राफ स्मृति पुरष्कार महातो र गुप्तालाई

शेखर छत्कुली
वीरगञ्ज २९ पुष । यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष एवम वीरगन्जका पूर्वमेयर स्व. गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार पत्रकार देवकोटालाई दिने निर्णय गरेको हो ।

पर्सा जिल्लामा पत्रकारितामा दीर्घकालीन योगदान पुर्‍याउने व्यक्तिहरुलाई यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

स्व गिरी तत्कालीन वीरगञ्ज महानगरपालिकाको मेयर हुँदा वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी विद्रोहीबाट उनको हत्या गरिएको थियो ।

लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय देवकोटा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष हुनुहुन्छ । उहाँ रेसखबर अनलाइनको संस्थापक समेत रहनु भएको छ ।

यो पुरस्कारबाट यसअघि पर्साका विभिन्न पत्रकारहरू पुरस्कृत भइसकेका छन् ।

विगतका दिनहरुमा स्व गिरी पत्रकारिता पुरस्कारबाट पर्साका पत्रकार बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठका पत्रकारहरु पुरस्कृत भैसकेका छन ।
यो पुरस्कार प्रत्येक वर्षको माघ १ गते पर्साका क्रियाशिल पत्रकारलाई दिने गरिएको छ ।
नेपाल पत्रकार महासंघले प्रत्येक वर्ष माघ १ गते स्व। गिरीको नाममा स्थापना गरिएको उक्त पुरस्कार वितरण गर्दै आएको छ। यस वर्ष पनि नगद ५१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने तयारी रहेको उहाँले बताउनुभयो। त्यसैगरी, स्व। सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ वीरगन्जका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ। महासंघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो। स्व। पाण्डेको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको र महासंघले छिट्टै एक समारोह आयोजना गरी वितरण गर्ने जनाएको छ।

यसैबीच, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जकी महिला पत्रकारद्वय माधुरी महतो र बिमला गुप्तालाई प्रदान गरिने भएको छ।