मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकभर झन्डै साढे १२ प्रतिशत रोपाइँ, मधेशमा शुरू नै भएन

मुलुकभर झन्डै साढे १२ प्रतिशत रोपाइँ, मधेशमा शुरू नै भएन

न्यूजस्टोरी

काठमाडौं, १३ असार । देशभर अहिलेसम्म झन्डै साढे १२ प्रतिशतमात्रै रोपाइँ भएको छ । आज सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १२ दशमलव ३३ प्रतिशत धान रोपाइँ भएको हो ।

बर्खे धानबाली झन्डै १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । यसमध्ये अहिलेसम्म १ लाख ७२ हजार हेक्टरमा रोपाइँ भएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ४५ दशमलव ४९ प्रतिशत, कर्णालीमा २० दशमलव ११ प्रतिशत, गण्डकीमा १३ दशमलव ७९ प्रतिशत, लुम्बिनीमा ९ दशमलव ६६ प्रतिशत, बागमतीमा २० दशमलव ५३ प्रतिशत र कोशी प्रदेशमा ५ दशमलव ९६ प्रतिशत रोपाइँ भएको छ ।

मनसुन यसपालि अघिल्लो महिना जेठ १५ गते नै भित्रिएको भए पनि मधेश प्रदेशमा रोपाइँ शुरू भइसकेको छैन । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशसहित तराईका धेरै ठाउँमा रोपाइँ शुरू हुन बाँकी नै छ ।

असार १५ गतेपछि रोपाइँको काम धमाधम चल्छ । मनसुन र मल सहज हुँदा पोहोर अहिलेसम्मकै उच्च ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले २ वर्षभित्र धानरचामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।

यस वर्ष असार १५ गते पर्सि आइतवार ‘धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिदैँछ ।