काठमाडौं, २१ फागुन । मतदानको दिन आज देशभरको मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखकाअनुसार आज चुनावको समयमा मौसमको प्रभावले मतदान प्रक्रियामा कुनै असर पर्ने छैन । देशका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाको भनाइ छ ।
आज वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्न सक्ने भए पनि वर्षा र हिमपातको सम्भावना भने छैन । पर्सि शनिवारसम्मको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
शनिबारसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने भएकोले मतदान तथा मतपेटिका सङ्कलनमा मौसमले कुनै असर नगर्ने निर्वाचन आयोगको भनाइ छ ।


प्रतिक्रिया