वीरगन्ज, २६ असोज । पर्सा र बारामा व्यापक रुपमा संस्थागत तस्करी सुरु भएको छ । पर्साको वीरगन्ज र बाराको बलिरामपुर नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको हो ।
पर्सामा विगत केही दिन देखि बन्द रहेको तस्करी पुन तस्करी सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म वीरगंज भन्सारको मातहत रहेको विभिन्न नाकाहरुबाट व्यापक रुपमा ठुलोमात्राम तस्करी संचालनमा आएको हो।
वीरगंज भन्सार , ईनार्वा गाऊ , नगवा,छपकैया , भकुवा र बाराको बलिरामपुर, मुशहार्वा, छतवा र मटिआर्वा नाकाबाट ठुलो मात्रामा लत्ताकपडा,हाडयेवर,काजु, जुत्ता चप्प्ल र पटका राजनिगंधाको रातभरि तस्करी हुँदै आएपनि सशस्त्र प्रहरी बाराका प्रमुख र पर्साका प्रमुख कानमा तेल हालेर बसेका छन।
सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्मचार्या र बाराका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक टोप बहादुर डाङ्गी हुन्।
बारा र पर्सामा ठुलो मात्रामा पिकप र ट्याकटरबाट तस्करी भईरहदा पनि दुबै जिल्लाको प्रमुखले आफु आएको दिन देखिनै जिल्लामा हुने तस्करीमा कडाई गरेको दाबी गर्छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गणले चाडपर्बको बेलामा तस्करी नियन्त्रण गर्नाको लागि सशस्त्र प्रहरीका हव्लदार घनशयाम परियार र सशस्त्र प्रहरीका राजाराम पटेललाई खटाएको प्रहरीले नै सशस्त्र प्रहरीका आईजिपी राजु आर्यल र मधेश प्रदेशको डिआईजि दिपेन्द्र शाह र एसपको नाऊमा समेत रकम असुली तस्करी गराउदै आएका छन।
पर्सामा घुुवाहरुले दशैको बेलामा घरयासी प्रयोजन र किराना सामानहरु ल्याउने पैसा नदिएपछि समातेर बुझाउदै आएका छन भन्ने ठुलो तस्करहरु संग माथिल्लो हाकिमहरुको नाऊमा समेत रकम उठाई तस्करीको लाईन खुल्ला गरि आतंक मच्चाउदै हिडेको स्थानियहरुले बताएको हो।
वीरगन्ज आसपास रहेका नाकाबाट रजनीगन्धा, लत्ता कपडा, सटिङसुटिङको कपडा, हार्डवेयर, मोटरपार्टस,पटका , स्टिलको भाँडाकुँडाहरु लगायतका सामानहरुको व्यापक तस्करी भैरहेको छ । उदेक लाग्दोकुरा त यो छ कि सशस्त्र प्रहरीकै मान्छेहरु नै तस्करीलाई प्रोत्साहन गरिरहेका छन् ।
बाराको बलिरामपुर, बरैनिया र मुशहार्वा बिओपी को मिलोमतोमा तस्करी हुदैआएको छ भन्ने वीरगंज भन्सार , ईनार्वा गाऊ र छपकैयाबाट सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारको प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहको मिलोमतोमा व्योक रुपमा तस्करी भईरहदा पनि माथिल्लो निकाय समेत मौन रहकोले स्पष्ट रुपले बुझन सकिन्छ।
यी नाकाहरुबाट तस्करी बढ्दै गएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित हुँदै गएको छ । नेपाल भारतको प्रमुख प्रवेशद्वारको रुपमा रहेको पर्सा जिल्लाका ग्रामीण भेगबाट पर्सा प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो ।
छिमेकी मुलुक भारतको रक्सौलबाट दैनिक रुपमा ५ सय कपडाको गाठहरु बलिरामपर ,वीरगंज भनसार , ईनार्वा गाऊ र छपकैया बाट अवैध रुपमा भन्सार छलेर सशस्त्र प्रहरीको मिलोमतोमा त प्रवेश गराउन प्रहरी प्रमुखहरुले तस्करी गर्न छुट दिएकाछन् ।
बाराको बलिरामपुर र ईनार्वा गाऊबाट भित्राएको अवैध लत्ताकपडा हरु गल्तिले सशस्त्र प्रहरी बल गणको टोलीले समाते पछि तस्कर र सशस्त्र प्रहरी र तस्कर बिच विवाद भएपछि सशस्त्र प्रहरीले अर्के पार्टीको माल हो खबर आएपछि गल्तीले समाते स्विकारे पछि बिवाद मिलेको तथ्यले प्रमाणित हुन्छ।
सशस्त्र प्रहरीको मिलोमतोमा बारा र पर्साबाट ठूलो मात्रामा तस्करी सञ्चालनमा आउँदा आफ्ना व्यापार व्यवसाय प्रभावित भएको वीरगन्जका व्यापारीहरु बताउँछन् । पर्सा र बारामा ठुलो मात्रामा तस्करी सुचारु भएपनि यस्ता गतिविधि तर्फ सम्बन्धित निकायवालाहरु ध्यान जान यति आवशयक देखिएको छ।


प्रतिक्रिया