काठमाडौँ, माघ १८ गते । सुशासनको अवधारणा अन्तर्गत सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूले सहायता कक्ष सञ्चालन गर्नु पर्छ । अधिकांश कार्यालयमा सहायता कक्ष लेखिएको पनि हुन्छ तर ती कक्षमा कर्मचारी नै बस्दैनन् । कतिपय कार्यालयमा सेवाग्राहीले सेवा लिने प्रक्रिया नबुझ्दा अनि सम्बन्धित अधिकारी खोज्दै भौँतारिनुपर्ने अवस्था छ । सेवाग्राहीले सम्बन्धित सेवा दिने कर्मचारी नभेट्दा सेवा नलिई…