मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदाको दिनपनि अस्पतालकै काममा कमलेश सहनी

विदाको दिनपनि अस्पतालकै काममा कमलेश सहनी

न्यूजस्टोरी

प्रभात यादव
वीरगञ्ज, २१ चैत्र । कर्मचारीले समयमै काम नगर्दा निष्प्रभावी बन्दै गएको कार्यलयको काममा पछिल्लो समयको सरकार गठनसँगै कार्यलयमा काम भने प्रभावकारी हुदै गएको छ । सरकार गठनसँगै विभिन्न निकाएमा सुशासन र प्रभावकारी कामको विषयमा बहस भैरहँदा स्थानीय निकायमा रहेका सरकारी संस्थाहरुको काम पनि प्रभावकारी बन्दै गएको छ । कार्यलयमा हुने ढिलासुस्तीबाट प्रताडित बन्दै आएका सेवाग्राहीलाई कर्मचारीबाटै राम्रो सेवाको अनुभुती हुने गरि काम हुदै गएको पाइएको छ ।
सरकारी कार्यलयमा हुने काम प्रतिको लापरवाहि पछिल्लो सरकार गठनसँगै विस्तारै कम हुँदै गएको अनुभुति हुदै आएको छ । यस्तै, दृश्य देखियो शनिवार पर्साको नारायणी अस्पताल वीरगंजमा । अस्पतालका स्टोर इन्चार्ज प्रमुख कमलेश सहनी विदाको दिनपनि अस्पतालकौ काममै ब्यस्त भएका हुन् ।


उनि कामको व्यस्तताले निशुल्क भोजन कार्यक्रम अन्तर्गतको वीरगंज समाज सेवाले उपलब्ध गराएको खाना खाएरै अस्पतालको काममा खटिएका हुन् । आज शनिवार विदा बस्नु पर्ने कर्मचारी अस्पतालमै उपस्थित भएर सेवा प्रभावकारी बनाएका हुन् । यसले पनि जनताका आधारभुत आवश्यक्ताका विषयमा सरकारी कर्मचारीले गर्न सक्ने काम र कर्तब्यलाई अझ बढि प्रष्ट पारेको छ ।