पोखरा । लुम्बिनी र गण्डकी प्रदेश सरकारले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे साझेदारी प्रतिबद्धता जनाएका छन्। पाल्पाको ऐतिहासिक रानीमहलमा बुधबार आयोजित बैठकमा दुवै प्रदेशका मुख्यमन्त्रीहरूबीच विभिन्न क्षेत्रका विकास योजनालाई संयुक्तरूपमा अगाडि बढाउने सहमति भएको हो। दुवै प्रदेशले हवाई यातायातलाई प्रवर्द्धन गर्दै नेपालगञ्ज-जोमसोम र भैरहवा-जोमसोम हवाई सेवा विस्तार गर्ने निर्णय गरेका छन्। साथै, अन्तरप्रदेश…