मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ किलो ९९ ग्राम लागू औषध अफिम सहित १ व्यक्ति प्रहरी नियन्त्रणमा

२ किलो ९९ ग्राम लागू औषध अफिम सहित १ व्यक्ति प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी

बारा । बारा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले २ किलो ९९ ग्राम अफिमसहित एक जना पक्राउ गरेको हो ।

प्रहरीको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी सरोज प्रसाद साहलाई पक्राउ गरेको हो । बारा जिल्लाको अमलेखगञ्जबाट प्रहरीले साहलाई अफिमसहित पक्राउ गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलबाट लागु औषध अफिम फेला पारेको हो।

प्रहरीले साहको साथबाट प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
जाँचको क्रममा सोही मोटरसाइकलको सिटमुनी लुकाई राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद भएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका साह र बरामद मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।