मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान

सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान

न्यूजस्टोरी

सुनसरी । सुनसरीको दक्षिणी देवानगञ्ज गाउँपालिका-२ मा सोमबार साँझ भएको गोली हानाहानमा तस्करका दुई समूह संलग्न रहेको खुलेको छ ।

देवानगञ्ज गाउँपालिका-२ स्थित यादव टोलबाट पूर्वतर्फको बाटोमा सोमबार साँझ गोली हानाहान भएको थियो। यो घटनामा चारजना घाइते भएका छन् । भारतबाट तस्करी गरेर ल्याएको सामान बेचिसकेपछि हिसाब बाँडफाँटका क्रममा दुई समूहबीच विवाद भएको थियो । हिसाब मिलाउने क्रममा विवाद भएपछि तस्कारका ६ जनाको समूहबीच झडपपछि गोली हानाहान भएको हो । त्यसक्रममा गोली लागेर तीनजना घाइते भएका थिए ।

गोली हानाहानमा सहभागीमध्ये देवानगञ्ज गाउँपालिका-१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादव पक्राउ परेका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ परेका ती युवक गोली हानाहानका क्रममा घाइते भएका थिए ।

दुई समूहबीच गोली हानाहानका क्रममा देवानगञ्ज गाउँपालिका-१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका तिम्सिनाले बताए । अहिले मेहताको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । गोली काण्डमा संलग्न अन्य तीनजनाको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकामध्ये कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव र भारतीय नागरिक राजा पासवान घटनापछि फरार छन् । घाइते रवीन्द्र यादवले केही समयअघि भारतीय नागरिक राजा पासवानसँग करिब १ लाख रुपैयाँ बराबरको काम गरेको बताए । त्यही पैसा माग्दा विवाद चर्किएपछि आफूहरूमाथि गोली प्रहार भएको उनले बताए ।