धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय लिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको जानकारी दिँदै जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गरिएको जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी बैठक जेठ ११ गते बस्नेछ ।’ नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया