शेखर छतकुली
वीरगंज, ५ माघ । नेकपा एमालेले पर्सा जिल्लामा फागुन २१ गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पर्साको चारै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।
यसपटक पर्सा जिल्लामा एमाले पार्टीले ४ वटा छेत्र मध्ये १ नम्वर मा र दुई नम्बर छेत्रमा नव प्रवेशी नेताहरुलाई टिकट दिएपछि स्थानीय स्तरमा चर्चा र आलोचना दुवै शुरु भएको छ ।
पर्सा क्षेत्र नम्बर–१ बाट एमालेले प्रदीप यादवलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेमा प्रवेश गरेका पूर्व मन्त्री समेत रहेका यादव हिजो सम्म जसपा नेपालका केन्द्रीय समिति सदस्य थिए । नव प्रवेशी यादव उनी सोमबार राति जसपा परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्।
यादव एमाले संगको गठबन्धनबाट यही क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा जसपा नेपालको तर्फबाट विजयी भएका थिए ।
नेकपा एमालेले पर्साको क्षेत्र नम्बर–२ बाट रिमा यादवलाई उम्मेदवार बनाएको छ ।
पार्टी स्रोतका अनुसार उनी कुनै पनि तहको औपचारिक सिफारिसबिना उम्मेदवार बनेकी हुन् ।
त्यसैगरी, पर्सा क्षेत्र नम्बर–३ बाट रुपेश पाण्डेलाई टिकट दिइएको छ ।
पाण्डेले ओली सँग टिका लगाई प्रवेश गरेको समाचार सार्वजनिक भएपछि अस्ती सम्म नेकपा एमाले प्रवेश गरेको छैन र होइन भन्दै सामाजिक सन्जाल मा र बिभिनन अनलाईन पत्रिकामा आफनो प्रतिक्रिया दिएका थिए ।
पाण्डेको नाम पनि औपचारिक रुपमा एमालेबाट सिफारिशमा नपरेको एमाले स्रोतले जनाएको छ ।
पर्सा क्षेत्र नम्बर–४ बाट भने जिल्ला तहबाट सिफारिस भएका जालिम मियाँलाई उम्मेदवार बनाइएको छ ।
मियाँ २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेको टिकटबाट चुनावमा टिकट पाएपनि नेपाली कांग्रेसका रमेश रिजाल सँग पराजित भएका थिए ।
जालीम मिया पनि गएको प्रतिनिधि सभाको निर्वाचन भन्दा अगाडि एमाले पार्टी प्रवेश गरेका हुन ।
यसैबीच, पार्टीका क्षेत्र, जिल्ला र प्रदेश कमिटीको सिफारिसलाई बेवास्ता गर्दै टिकट वितरण गरिएको भन्दै एमालेभित्रै तीव्र असन्तुष्टि देखिएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरूले पर्सा जिल्लामा संगठनको निर्णयभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाइएको आरोप समेत लगाएका छन्।
एमालेका पूर्व केन्द्रीय सदस्य अरबिन्द सिंहले टिकट वितरण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् । सिंहका अनुसार सिफारिसका नाममा गरिएको प्रतिस्पर्धा औपचारिकता मात्रै भएको बताएकाछन् ।
“गाउँ–गाउँसम्म फैलिएको संगठनले जित्ने सम्भावना भएका व्यक्तिको सिफारिस गरेको हुन्छ, तर यहाँ मनपरी ढंगले टिकट बाँडिएको छ,” उनले भने, “यो पार्टीको हितमा छैन।”
पार्टीको केन्द्रीय सदस्य हुने जिल्ला अध्यक्ष पदाधिकारी हुने तर निर्वाचन लडने आँट र हुती नहुने भन्दै नेतारुलाई सामाजिक संजाल मार्फत “टिकट बेचुवा”को आरोप लगाइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा एमाले कांग्रेस जसपा नेपाल रास्वपा पार्टी नेपाली कम्युनीष्ट पार्टी नेपाल जनता पार्टी विच कडा प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया