काठमाडौँ, २२ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक…