मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मल पुर्जाको अर्को कीर्तिमान : ८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक आरोहण

निर्मल पुर्जाको अर्को कीर्तिमान : ८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक आरोहण

न्यूजस्टोरी

काठमाडौं, ५ बैशाख । पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउँदै आएका निर्मल पुर्जा अर्थात निम्स दाइले अर्को कीर्तिमान बनाउनुभएको छ ।

उहाँले गएको नयाँ वर्षका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको आरोहणसँगै ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोहीको कीर्तिमान बनाउनुभएको हो । पुर्जाले विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसक्नुभएको छ ।

गएको शनिवार अन्नपूर्ण हिमालमा भएको उहाँको ४४ औँ आरोहण हो । म्याग्दी घर भई अहिले बेलायतमा बस्दै आएका निर्मल पुर्जा नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत हुनुहुन्छ ।